प्रधानमन्त्री ओलीको समर्थनमा आज काठमाडौमा धोती र्‍याली हुँदै



काठमाडौं,पुष २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज शनिबार काठमाडौंमा धोती र्‍याली हुने भएको छ।

कार्यक्रम शनिबार बिहान ११:३० बजे माइतीघर मण्डलाबाट सुरु हुने बताइएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगडन युवा संघ नेपाल प्रदेश नम्बर दुई कमिटीले धोती र्‍यालीको आयोजना गर्न लागेका नेता शम्भू साहले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम उपयुक्त भएको र निर्वाचनमा जानु पर्ने भन्दै युवा संघले र्‍याली आयोजना गरेको साहले बताए।

प्रतिक्रिया दिनुहोस्