धनगढीमा ‘ओलीलेपञ्चभेला गरे’: झलनाथ खनाल



काठमाडौंपुस २५ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रको रक्षाका लागि संसद पुर्नस्थापना हुनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर तानाशाही प्रवृति देखाएको भन्दै त्यसका विरुद्ध सवै जनता संघर्षमा उत्रनुको विकल्प नभएको पनि बताए ।

शनिबार नेकपा सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौँमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बरिष्ठ नेता खनालले संसद विघटनपछि उठेको संवैधानिक प्रश्नको जवाफ सर्वोच्च अदालतले दिने भन्दै संसद पुर्नस्थापना भएरै छाड्ने बताएका छन् । ‘

वरिष्ठ नेता खनालले दल ऐन अनुसार प्रचण्ड–माधव नेतृत्वको नेकपाले बैधानिकता पाउने र सूर्य चिन्ह पनि आफ्नै हुने दावी गरे । केपी ओली र ओली गुट कम्युनिस्ट पार्टीको पिलो भएको भन्दै उक्त पिलो फुटेर गएको पनि खनाल बताए । नेता खनालले ओली पक्षले शुक्रबार कैलालीम गरेको भेलालाई पञ्च भेलाको संज्ञा दिए । बस रिजर्भ गरेर, पैसा तिरेर धनगढीमा पञ्चभेला गरियो । जहाँ ५ हजार त प्रहरीमात्रै थिए’, खनालको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा विभाजित बन्दै ओली पक्ष र प्रचण्ड माधव पक्षले फरक फरक कार्यक्रम गर्दै आएका छन् । ओली पक्षले आफ्नो कदमको बचाउ गर्दै शक्ति प्रदर्शन गरिहेको छ भने ओलीबाहेकका राजनीतिक दल तथा नागरिक समाजले ओली कदमको विरोधमा कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्