कपिलवस्तुमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन



कपिलवस्तु पुस २५ ।
नेपाली कांग्रेस कपिलवस्तुले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध प्रदेश निर्वाचन क्षेत्रका ६ वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं १ को ‘क’ मा पचेहरा, ‘ख’ मा पकडी त्यस्तै क्षेत्र नं २ को ‘क’ मा गोरुसिंगे ‘ख’ मा सुठौली भन्सार,क्षेत्र नं ३ को ‘क’ मा भलवारी र ‘ख’ को जिगनिहवा चैराहामा विरोध सभा सम्पन्न गरेको हो । कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरी लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका छन् ।

क्षेत्र नं को ‘क’ स्थित पचेहरामा क्षेत्रीय सभापति शालिकराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल, पुर्व मन्त्री दिपकुमार उपाध्याय, वनण्नगगन नगरपालिकाका मेयर मगल प्रसाद थारु, पुरुन थारु, शक्ति सिंह ठकुरी, महिला संघकी इन्द्रिरा भट्टराई र विमला गैरेले सम्वोधन गरेको कार्यक्रमको संचालन क्षेत्रिय सचिव प्रेमप्रसाद पौडेलले गरेका हुन ।

त्यस्तै क्षेत्र १ को ख मा क्षेत्रीय सभापति वलिउद्धिन मुसलमानको अध्यक्षतामा सम्पन्न विरोध सभामा केन्द्रिय सदस्य अतहर कमाल, पुर्व मन्त्री दिपकुमार उपाध्यायय, केन्द्रिय आमन्त्रित सदस्य राजेश सिंह पूर्वसभापति ,राजेश आचार्य जिल्ल सचिव महेन्द्र पाठक, कोषध्यक्ष सोहरत तेली, क्षेत्रीय सभापति अब्दुल मन्नान खा, सुमित्रा शर्मा, लोकनाथ शर्मा, चर्तुभुजमणी त्रिपाठी लगायतले सम्वोधन गरेका थिए ।

क्षेत्र १ को ‘क’ मा गोरुसिंङ्गेमा क्षेत्रिय कार्यवाहक सभापति हिमलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति सुरेन्द्रराज आचार्य क्षेत्रीय सभापति एव बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महिला संघ सभापति मिना केसी, लगायत बोलेको कार्यक्रमको संचालन क्षेत्रिय सचिव रोमलाल खनालले गरेका थिए ।

त्यस्तै क्षेत्र नं २ को ख मा मर्यादपुर सुठौली भन्सार क्षेत्रमा क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रममा पूर्वसभापति सुधाकर पाण्डेय ,रामआषिश पाण्डेय, दिपेन्द्र शुक्ला, ओम प्रकाश गुप्ता, प्रकाश घिमिरे, राजेश ज्ञवाली, परमात्मा प्रसाद पाठक लगायत बोलेको कार्यक्रमको संचालन गाउं सभापति जगदिश पाण्डेयले गरेका थिए ।

उता क्षेत्र नं ३ को क मा भलवारीमा क्षेत्रीय सभापति जयन्नत्री प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, जिल्ला सचिव प्रेम बहादुर रायमाझी , जिल्ला नेता हरि पोख्रेल, हुमकान्त खनाल, अजय थापा, प्यार मोहम्मद मुसलमान लगाएतले बोलेका थिए ।

क्षेत्र नं ३ को ‘ख’ मा जिगनिहवा चौराहामा क्षेत्रिय सभापति विनय कुमार गिरिको अध्यक्षतामा भएको विरोध सभामा जिल्ला नेताहरु बहमानन्द उपाध्याय,अकेल मिया,राजेश उपाध्याय,रफिक मुसलमान,चुन्ना प्रसाद उपाध्याय लगायत बोलेको कार्यक्रमको संचालन मुत्तेश्वर मिश्राले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्