ओलीको संसद् विघटनको कदमपछि देश भयानक मोडमा उभिएको छ : देउवा



काठमाडौं पुस २५ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिएको बताएका छन् ।

संसद् विघटनको विरोधमा बुढानिलकण्ठमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संसद् विघटनको कदमपछि देश भयानक मोडमा उभिएको बताएका हुन्। उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए। तर, यसविरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेकाले संविधानको व्याख्या अदालतले गर्ने बताए।

उनले तत्काल वा २ वर्षपछि भए पनि निर्वाचन हुने र त्यसका लागि कांग्रेस तयार हुनुपर्ने बताए। अदालतले संसद् विघटन सदर गर्‍यो र ओलीले निर्वाचन गराएनन् भने सडकबाट ओलीलाई फालिने देवाउको भनाइ छ।

उनले प्रधानमन्त्रीको पार्टी चुनावको प्रचारमा निस्किएका बेला कांग्रेस घरमा बस्न नहुने बताए । उनले चुनाव भए चुनावमा भाग लिने नभए आन्दोलन गर्न तयारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्