अब देशमा नेकपालाई टुकी बालेर खोज्नुपर्छ : पुर्व सभासद केसी



नुवाकोट पुस २५ ।

नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगदीश्‍वर नरसिंह केसीले अब देशमा नेकपा टुकी बालेर खोज्नुपर्ने बताएका छन्।

चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिए । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश क ले तादी गाउँपालिका खरानिटारमा आयोजित कार्यक्रममा सभापति केसीले अब नेकपा देशबाट बिलाएर जाने उनले बताए ।

त्यस्तै अब पनि चुनाव नगराए ओललाई जनताले सडकमा ल्याएर पछार्ने बताए । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे ।

ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कू गरेको नेता केसीको भनाइ थियो । अलोकतान्त्रिक कदमको विरुद्धमा काँग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्