राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन अन्त्य



काठमाडौं पुस २६ ।

राष्ट्रिय सभाको सातौँ हिउँदे अधिवेशन अन्त्य हुने भएको छ ।

आइतवार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य भएको सम्बन्धी पठाएको पत्र पढेर सुनाउँदै अध्यक्ष तिमिल्सिनाले सातौँ अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको सातौँ अधिवेशन यही पुस १७ गतेदेखि सुरु भएको थियो । यसबीचमा राष्ट्रिय सभाको बैठक चार पटक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्