शेयर बजारमा ऐतिहासिक उचाइ, ६ अर्ब बढिको कारोवार



काठमाडौं पुस २६ ।

साताको पहिलो दिन आइतवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भई नयाँ उचाई कायम गरेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.२४ अंकले बढ्दै २२३५.७२ विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक हालसम्मकै सबैभन्दा ठूलो उचाइमा पुगेको हो । यस दिन कारोबार पनि ६ अर्बभन्दा माथि भएको छ ।

कूल २ सय ७ कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख ६८ हजार ८ सय ६ रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । यस दिन जीवन बीमा उपसमूहको सूचक मात्रै घटेको छ । कूल १२ उपसमूहमध्येमा बाँकी ११ वटै उपसमूहको सूचक बढेको छ ।

आइतवार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । उनीहरूले ४.३१ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्