सुनको मूल्य पुनः ८०० घट्यो



काठमाडौँ, पुष २७ । सुनको मूल्य पुनः ८०० घटेको छ। आइतबार तोलामा दुई हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ ।

आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्