नुवाकोटका गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक



काठमाडौ,पुष २७ ।नुवाकोटका गायक तथा संगीतकार सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो  सार्वजनिक भएको छ।

कलाकार पाण्डे स्वयंको स्वर तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको छ भने गीतको भिडियोमा पछिल्लो पुस्ताका रुचाइएका कलाकार सन्तोष पाण्डे, दिवाकर थपलिया र सज्जा तिवारीको अभिनय रहेको छ।

सोमबार ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतको भिडियोमा माया प्रेममा आउने उत्तराचढाबलाई देखाउन खोजिएको भिडियोका निर्देशक दिवाकर थपलियाले बताए ।

गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्