नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय: प्रधानमन्त्री ओली



काठमाडौ,पुष २७ । नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तिको अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ, ‘उनले भने आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनुहोस्