निर्वाचन सुरक्षाको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन



काठमाडौं पुस २८ ।

गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई मंगलबार गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।

शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन पनि निर्देशन दिए।

बढुवा भएका अधिकृतहरुको जिम्मेवारी थपिएको भन्दै गृहमन्त्री थापाले अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए।

सोमबार मात्रै गृहमन्त्री बादल र अर्थमन्त्री विष्णु पौडेलले तीनवटा सुरक्षानिकायका अधिकारीहरूसँग छलफल गरेर निर्वाचनको तयारी थाल्न आग्रह गरेका थिए।

यता संसद विघटनको विरोधमा विभन्न राजनीतीकदल तथा नेकपाकै समुह सडकमा आएको छ । उता प्रधानमन्त्रीले भने निर्वाचन भएरै छाड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्