कांग्रेस उप सभापति निधीले भने: संसद् विघटन असंवैधानिक भएपनि निर्वाचनको घोषणा संवैधानिक



धनुषा पुस २८ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।

प्रेस युनियन धनुषाले मंगलबार बिहान जनकपुरमा आयोजन गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालको संविधान २०७२ मा संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन । ओलीको निर्णय अवैधानिक हो तर निर्वाचन भने संवैधानिक हो ।’

लोकतान्त्रिक प्रणाली, देश, जनता र संविधानको रक्षाको लागि प्रतिनिधिसभाको आवश्यकता भएको जनाउँदै उनले कांग्रेस प्रतिनिधिसभा प्राप्त गर्ने दुवै विकल्पका लागि तयार रहेको बताए उलेख्ख गरे ।

कांग्रेस आन्दोलनभन्दा पनि निर्वाचनको पक्षमा देखिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कांग्रेसले भनेको छ देश, जनता र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा चाहिन्छ । अदालतले संसद् पुनर्स्थापना गर्‍यो भने पनि वा निर्वाचनमा जान भने पनि हामी त्यो निर्णय स्वीकार गर्छौं ।’

अब हुने निर्वाचन विगतमा राजाद्वारा गराइएको निर्वाचन प्रणाली जस्तो नहुने उल्लेख गर्दै उनले निर्वाचनमा भाग लिनु संवैधानिक रहेको बताए ।‘संसद् विघटन नभएको भए पनि निर्वाचनको तयारीमा जुट्ने समय आइसकेको बताउँदै उनले ‘निर्वाचनको तयारी एक–दुई वर्षपहिले देखि नै गर्ने हाम्रो पुरानै चलन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्