प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन



काठमाडौं पुस २८ ।

विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हो । यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ ।

सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विवेकशीलले बुधबार २४ औँ दिन पनि बिहान साढे १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्