कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने



काठमाडौं पुस २८ ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ ।

११ कक्षामा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले रिट निवेदनबमोजिम पुरानो पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ।

भगवता अर्याललगायतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सो रिट दर्ता गराएका थिए। पटक–पटक पेसी सर्दै आएको रिटमा बल्ल अदालतले आज आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्