शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढ्यो



काठमाडौं पुस २८ ।

शेयर बजार परिसूचक नेप्से साढे २८ अङ्कले बढेको छ । नेप्से मङ्गलबार २८ दशमलव ३१ अङ्कले बढेर २ हजार २ सय ६७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

व्यापारबाहेक सबै समूह बढेको दिन जीवन बीमा समूहको शेयर ३ सय ७६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर २ सय ७३ अङ्कले, जलविद्युतको ६०, माइक्रोफाइनान्सको ५३, बैंकको १४ र विकास बैंकको शेयर १९ अङ्कले बढेको छ । मङ्गलबार दुई सय दुई कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर चार अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको २९ करोड रुपैयाँको शेयर किनबेच भयो ।

मङ्गलबार आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत र अरू आठ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्