परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार भारत जाँदै, सीमा विवादका विषयमा पनि छलफल हुने



काठमाडौं पुस २८ ।

नेपाल–भारत छैठौँ संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जाने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, सीमा विवाद, कोरोनाविरुद्धको लडाइँ, ऊर्जालगायतका विषयमा छलफल हुनेछ ।

भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्नेछन्। नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ । लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्