अछाममा पूर्वमन्त्री कर्ण थापाको गाडी तोडफोड



अछाम पुस २८ ।

पूर्वमन्त्री एवं नेकपा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडी तोडफोड भएको छ ।

केपी शर्मा ओली समूहको कार्यक्रममा सहभागी हुन पुगेका नेता थापाको गाडी राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा तथा विद्यार्थीले तोडफोड गरेका हुन् ।

अध्यक्ष थापा चढेको ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक कुवरले जानकारी दिए । नेकपालका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल पक्षका युवा र विद्यार्थीले नाराजुलुस गर्दै नेता थापाको गाडी तोडफोड गरेका हुन् ।

प्रतिनिधि सभा पुनस्स्थापनाको माग गर्दै सडक आन्दोलन गरिरहेका बेला सरकारी दम्भ देखाएर गाडी रोकेर अध्यक्ष थापाले आन्दोलनलाई उत्तेजित गर्न खोज्दा गाडी तोडफोड गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शिव बोगटीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्