भोलि सार्वजनिक विदा



काठमाडौ,पुष २९ । सरकारले माघे संक्रान्तिमा भोलि बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । उक्त कुराको जानकारी आइतबार राष्ट्रिय सभाको बैठकमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिएका थिए ।

गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै माघे संक्रान्ति र माघी पर्वको उपलक्ष्यमा सार्वजनिक विदा भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्