१२ वर्षपछि बाक्लो हुस्सु



सुनसरी,पुष २९ । धरानमा मंगलबार बिहानदेखि लागेको बाक्लो हुस्सुले चिसो बढाएको छ ।

जसका कारण जनजीवन प्रभावित बनेको हो । हुस्सुले ‘भिजिबिलिटी’ ५० मिटरभन्दा पनि कम थियो ।

तीनतिर पहाडले घेरिएको र एकातिर तराईको चारकोसे जंगलसँग जोडिएको धरान भौगोलिक वनावटअनुसार हुस्सु वा भुइँकुहिरो अत्यन्तै कम लाग्ने क्षेत्र मानिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

यता बुधबार बिहान समेत देशका धेरैजसो स्थानमा हुस्सु देखिएको छ। जस्ले गर्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्