दुई दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान



काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुई दिने भ्रमणका लागि बिहीबार भारत गएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान भारत लागेका हुन् । बैठकमा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोनामा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

नेपाल भारतबीच रहेको सीमा विवाद तथा पुराना सन्धि सम्झौता कार्यान्वयनका लागि उक्त भ्रमण फलदायी हुने बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली आगामी माघ ३ गते केहि राजनीतिक भेटवार्ता गरेर स्वदेश फर्कने कार्यक्रम छ । तर परराष्ट्र मामिलका जानकारहरुले भने काम चलाउ सरकारका मन्त्रीले दीर्घकालीन प्रभाव पर्ने कुनै सम्झौता वा सहमतिमा हस्ताक्षर गर्न नहुनेतर्फ सचेत गराएका छन् ।

यता परराष्ट्रविज्ञहरुले काम चलाउ मन्त्री यतिबेला भारत भ्रमणमा जानु नै असान्दर्भिक रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्