अस्थायी शिक्षकको केन्द्रिय भेला सम्पन्न (भिडियो)



कार्यक्रममा मन्तव्य राख्दै केन्द्रिय समितिका अध्यक्ष अनिता थापा

काठमाडौ,माघ ३ । अस्थायी शिक्षकको केन्द्रिय भेला सम्पन्न भएको छ। शनिबार काठमाडौस्थित पशुपति क्याम्पस चाबहिलमा भेला सम्पन्न भएको हो। भेलामा प्रदेश तथा जिल्लास्तरका शिक्षक संघर्ष समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

संघर्ष समितिका केन्द्रिय अध्यक्ष अनिता थापाको अध्यक्षतामा भएको भेलाले आगामी दुई साताभित्र देशभरका सम्पूर्ण स्थानीय तहले २०७२ पछिका सरकारी दरबन्दीमा नियुक्ति पाएका,२०७५ सालमा सरकारद्वारा दिलाइएको आन्तरिक परिक्षामा छुटाइएकाको लगत तथ्यांक संकलन,समिति गठनसहित केन्द्रिय समितिमा यथासिघ्र पठाउन आह्वान गरेको छ।

कार्यक्रममा बोल्दै संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष मुकुन्द पोखरेलले सरकारी विभेद नितिमा परेका आम शिक्षक वर्ग खुलेर केन्द्रिय समितिमा सहभागी हुन अनुरोध गरे। विगतमा जे जस्ता संघर्ष भए ती संघर्षको उपज भनेको करार शिक्षकको नाम अग्रपंक्तिमा आउनु भएको बताउदै उपाध्यक्ष पोखरेलले आउदो दिनमा अन्यायबाट मुक्ति पाउनु नै अन्यायमा परेका शिक्षकको उपलब्धि हुने बताए। त्यसका निम्ति स्थानीय स्तरमा संघर्ष संजाल खडा गर्दै अगाडि बढ्नुको विकल्प नभएको उनको तर्क थियो।

त्यस्तै प्रदेश नम्बर ३ का संयोजक बहादुर लामा वाइबाले छुट अस्थायी शिक्षक सुरुवाती समयदेखि विस्तारै गति लिदै आएको बताए। यो निरन्तरतामा सम्पुर्ण अस्थायी करार शिक्षकहरु गोलबद्द हुन आग्रह गरे।

आफ्ना मागहरू समेटिएको मागपत्र दिदै संघर्ष समितिका अध्यक्ष उपाध्यक्षद्वय

त्यस्तै भेलामा सहभागी जिल्ला संयोजकहरुको टोलीले शिक्षक महासंघका अध्यक्ष बाबुराम थापालाई समेत भेट गरेको थियो। भेटमा सहभागीले २०७२ पछिका छुट करारहरु अन्यायमा परेको र यस समस्यालाई महत्त्वका साथ अगाडि बढाउन सहजीकरण गरिदिन अध्यक्ष थापासंग आग्रह गरेका थिए।

छलफल कार्यक्रमको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्