राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा भेटवार्ता



काठमाडौं माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच आइतबार बिहान भएको भेटको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

तर पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् । पुस ५ गते असंवैधानिक रुपमा ओली र राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै देशव्यापी रुपमा उनीहरुको पुतला दहन र विरोध प्रदर्शन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्