सेयर बजारको परिसूचक नेप्सेले २३ सय अंक नाघ्यो



काठमाडौं माघ ४ ।

आइतबार सेयर बजारको परिसूचक नेप्सेले २३ सय अंक पार गरेको छ।

यस दिन २८.४६ अंकले बढेको नेप्से २३१५ अंकमा कायम भएको छ। नेप्सेको यो अंक हालसम्मकै उच्च हो । परिसूचकसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। कुल २०८ कम्पनीको ६ अर्ब ३७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। जलविद्युतबाहेकका सबै समूह बढेका छन्। सो समूह ७ अंकले घट्यो।

बैंकिङ १, ब्यापार २३२, होटल १६, विकास बैंक ११०, फाइनान्स २५, निर्जीवन बीमा ७८, उत्पादन ४९, अन्य ६०, माइक्रोफाइनान्स ११५ र जीवन बीमा समूह २२१ अंकले बढेका छन्। यस दिन १५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। ती कम्पनीको सेयर बिक्री गर्नेहरु छैनन् भने खरिदमा चाप छ। साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन्।

नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, महिला सहयात्र माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त र मञ्जुश्री फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।

त्यस्तै गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी ९एचआइडिसिएल० र कालिका माइक्रोक्रेडिटको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन युनाइटेड फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.७ प्रतिशत मूल्य गुमाएका छन्। एभरेष्ट इन्स्योरेन्स संस्थापक समूहको मूल्य ३.३ प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा दोस्रोमा रहेको एनआइसी एसिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो। सिभिल बैंक, पुनर्बीमा कम्पनी, नेको इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा ‘टप फाइभ’भित्र रहे।

प्रतिक्रिया दिनुहोस्