काठमाडौं उपत्यकाका अधिकांस विद्यालयमा आजदेखी भौतिक रुपमै पठनपाठन सुरु



काठमाडौं माघ ४ ।

काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ ।

कोरोनाको जोखिम कम भएको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गरेका हुन् । कोरोना महामारीका कारण विगत १० महिनादेखि विद्यालय बन्द थिए । केही विद्यालयले गत असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् ।

संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन् । केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी समेत गरेका बताइएको छ । उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशभरका विद्यालय बन्द भएका थिए । उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्