काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त



काठमाडौं माघ ७ ।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् ।

उपकुलपतिका चयनका लागि गठित ‘सर्च कमिटी’ले प्रा.डा. रामकण्ठ माकजु, प्रा. डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नियुक्त गरेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसअघि थापा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार थिए । दोस्रो कार्यकालमा रजिष्ट्रार रहँदा निवर्तमान उपकुलपति माकजुसँग असन्तुष्टि भएर थापाले पदबाट राजीनामा दिएका थिए ।आवेदन आह्वान गरेर पहिलोपटक विश्वविद्यालयको उपकुलपति चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्