दाङमा ओलीले भने, ‘पिलो निचोर्दैमा वजन कम हुँदैन’



दाङ, माघ १२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल जाँदैमा कुनै फरक नपर्ने बताएका छन् ।

दाङको देउखुरीमा वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य गर्दै ‘पिलो निचोरेर वजन कम नहुने’ भनाई दोहोर्याएका हुन ।

‘जीवन शर्माको एउटा गीत छ नि, पिलो निचोरिँदैमा वजन कम हुँदैन,’ प्रधानमन्त्रीले ओलीले भने, ‘केही कुलङ्घार र भस्मासुरहरु जाँदैमा केही फरक पर्दैन।’ओलीले आफू असफल भए पनि देश असफल बनाउन नहुने भनाई राखे। ‘म असफल भएर केही हुँदैन,देश र जनता असफल हुनुहुँदैन।’ उनले भने।

आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताउदै उनले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको उल्लेख गरे। ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीको भनाइ थियो । नेपालमा कसैको पनि भोकैले मृत्यु नहुने दोहोर्‍याउँदै सरकारले सडक मानवमुक्त मुलुक बनाएको बताए ।

तोकिएकै समयमा निर्वाचन हुन्छ

उनले निर्धारित मितिमै चुनाव हुने दाबी गरे ।ओलीले वैशाख १७ गते र २७ गते चुनाव गराउन निर्वाचन आयोगले तयारी अघि बढाइसकेको भन्दै चुनावमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए। देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनोदशमा जाने निर्णय गरेको ओलीले दाबी गरे । ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाए। प्रतिनिधिसभा पुनर्स्थापना असम्भव भएको बताउदै उनले भने,’अब यो प्रतिनिधिसभा चुनावबाट आउँछ।”

प्रतिक्रिया दिनुहोस्