कांग्रेसद्वारा शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना



नुवाकोट माघ १६ । नेपाली कांग्रेसले शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

केन्द्रीय खेलकुद विभागको आयोजनामा रक्तदान हुन लागेको कांग्रेस नुवाकोटले जनाएको छ । कांग्रेस नुवाकोटका अनुसार रक्तदान कार्यक्रम लिखु गाउँपालिका ६ छहरे बजारमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्