हेटौंडा गोल्डकपः आज दुई खेल हुँदै



हेटौंडा । शुक्रबारबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा सुरु भएको ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछ ।

पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्ती बिच हुने आयोजक विजय युथ क्लबले जनाएको छ । खेल दिउँसो एक बजेबाट सुरु हुनेछ ।

यसैगरि दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुली बिच हुने आयोजकले जनाएको छ । खेल दिउँसो ३ बजेबाट हुने आयोजकले जनाएको छ ।

शुक्रबार भएको उद्घाटनखेलमा सेन्ट्रल कलेज विएसी भरतपुर विजयी भएको थियो । मकवानपुर-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै कलेज विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्