नुवाकोटको छहरे बजारमा पसल तोडफोड गरी चोरी, १ लाख ४० हजारको क्षति



नुवाकोट,कात्तिक ६ । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा गएराति पसल तोडफोड गरी चोरी भएको छ। चोरीबाट करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

छहरे बजारस्थित ज्ञानबहादुर डंगोलको पसलको झ्यालको ग्रिल फुटाएर चुरोट, नगद तथा अन्य जिन्सी सामान चोरी गरिएको हो।

पसल तोडफोड गरी चोरी भएपछि बजार क्षेत्रका व्यवसायीहरू चिन्तित बनेका छन्। बजारमै रहेको पसलमा चोरी भएपछि स्थानीय व्यवसायीले सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेका छन्।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्