दशैंको टीका लगाउन नुवाकोटको ठूलोखोला झोलुङ्गे पुलमा यात्रुको भीड
नुवाकोट,कात्तिक ६— दशैंको टीका लगाउन जाने र फर्कने यात्रुको चाप बढेसँगै नुवाकोटको विदुर नगरपालिका–३ स्थित ठूलोखोला झोलुङ्गे पुलमा भीड लागेको छ।
पुल तर्न दुईपाङ्ग्रे सवारीसाधन र पैदल यात्रु लामबद्ध भएका छन्। विदुर, तारकेश्वर, मेघाङ, किस्पाङलगायत त्रिशूली नदीपारिका विभिन्न बस्ती तथा रसुवाका केही स्थानमा आवतजावत गर्ने यात्रुको चाप बढेको हो।
दशैंको टीका लगाउन आफन्तकहाँ जाने र टीका लगाएर फर्कनेहरूको आवागमनका कारण पुलमा यात्रुको लामो लाइन देखिएको छ।

