ओलीको कदम असंवैधानिक भन्दै माइतीघरको धर्नामा प्रचण्ड-नेपाल सहभागी



नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी । तस्बिर : रामहरि भण्डारी

काठमाडौं माघ १८ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’र माधव कुमार नेपाल माइतीघरमा जारी धर्नामा सहभागी भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित धर्ना कार्यक्रममा अध्यक्षद्वय प्रचण्ड र नेपाल १२ बजेपछि सहभागी भएका नेकपाले जनाएको छ । यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुन:स्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ । त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया दिनुहोस्