नेकपा नेता पाण्डेले भने : प्रधानमन्त्री ओली कम्युनिष्ट होइनन्, राजावादी हुन्



काठमाडौं माघ १८ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधिले दक्षिणपन्थी खुशी भएको बताएका छन् ।

आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डेले ओलीजस्ता राजनेता कोही छैनन् भन्दै दक्षिणपन्थीहरूले अहिले प्रशंसा गरिरहेको बताएका हुन् । हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै अहिले ओलीको प्रशंसा गरिरहेको उनले दाबी गरे ।

नेता पाण्डेले प्रधानमन्त्री ओलीले माघ २३ गते हुने भनिएको जनसभामा हिन्दू राष्ट्र घोषणा गर्न सक्ने दाबी गरे। २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्न थालेको पाण्डेको भनाइ थियो । २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुन लागेको पनि नेता पाण्डेले दाबी गरे ।

ओलीले धर्मका कुरा गरेर जनतालाई भुलाउन खोजेको आरोप लगाउदै नेता पाण्डेले ओली ओली अब कम्युनिष्टबाट च्यूत भैसकेको जिकिर गरे । ओलीको यो कदमले देशको सार्वभौमिकतामाथि चुनौती थपिएको पाण्डेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्