आजको सुनुवाइ हेर्दाहेर्दैमा, भोलिदेखि सरकारी वकिलले बहस गर्ने



काठमाडौं माघ १८ ।

प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ ।

भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् । रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन शनिबार बाहेक दिनसम्म बहस गरे । सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन् ।

यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि व्यक्तिले बहस गरे । रिट निवेदकको तर्फबाट अन्तिममा १३ नम्बर रिट निवेदक तुलसी सिम्खडाले बहस गरे । आइतबार मात्रै रिट निवेदकको तर्फबाट १० जना कानुन ब्यवसायी र निवेदकले बहस गरे ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् । पुस ६ गते यसको विरुद्धमा सर्वोच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्