ओलीले दक्षिणपन्थी शक्तिको आडमा संसद विघटन गरे : प्रचण्ड



काठमाडौं माघ १८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी शक्तिको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेका नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले ७० वर्षपछि प्राप्त गरेको उपलब्धिमाथि क्रुर प्रहार गरेका अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आरोप लगाए।

नेपाली जनताले प्राप्त गरेको उपलब्धिमाथि देशभित्र सामन्ती र निरंकुशतावादी र देश बाहिर दक्षिणपन्थी शक्तिको डिजाइनअनुसार ओलीले संविधानको हत्या गरे’, उनले भने।

पहिलो पटक नेपाली जनताले पाएको सार्वभौम अधिकारमाथि ओलीले प्रहार गरेका उनले बताए। ७० वर्षपछि प्राप्त भएको उपलब्धिलाई जोगाउन जनता जुर्मुराएपछि आफूहरुलाई सडक आन्दोलनमा उत्रिन प्रोत्साहन मिलेको पनि उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्