नुवाकोटमा नेकपा दुई पक्ष बीच झडप, कार्यकर्ता गम्भीर घाइते



नुवाकोट,माघ १९ । नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले कार्यक्रममा कालो झण्डा देखाई प्रदर्शन गर्ने क्रममा झडप भएको बुझिएको छ।

झडपका क्रममा ईश्वर पोखरेलको गाडी तोडफोड भएको छ । सो क्रममा प्रदर्शनकारीले ढुंगामुढा गर्दा २ वटा सरकारी गाडीमा समेत क्षति भएको छ ।

यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले गाडी तोडफोड नभएको दाबी गरेकी छिन् ।

ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच झडप भएको छ । झडप हिंसात्मक भएको बताइएको छ । झडपमा ठूलो संख्यामा कार्यकर्ता घाइते भएका छन् । केहीको अवस्था गम्भीर भएको बताइएको छ ।झडपमा अनेरास्ववियु नुवाकाेट सहसंयाेजक विनाेद काेइराला लगायतका कार्यकर्ता घाइते भएका छन् ।

घाइते कार्यकर्तालाई अस्पतालमा भेट्दै नुवाकोट नेकपा प्रचण्ड-नेपाल पक्षका नेता पदम उप्रेती लगायत

प्रतिक्रिया दिनुहोस्