गोंगबुमा अज्ञात ब्यक्तिद्वारा ट्याक्सीमा आगजनी



आगजनी गरिएको ट्याक्सी

काठमाडौ,माघ २२ । गोंगबुमा अज्ञात ब्यक्तिद्वारा ट्याक्सीमा आगजनी गरिएको छ। प्रचण्ड- नेपाल पक्षको बन्दका दिन बिहानै ट्याक्सीमा आगजनी भएको हो।यद्यपि आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताउदै आएका उक्त राजनीतिक समूहले घटनाको सम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

आगजनी भएको ट्याक्सी कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए। उनका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको उल्लेख छ ।

‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्