रियल म्याड्रिड विजयी



एजेन्सी,माघ २५ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले हुएस्कालाई २-१ गोल अन्तरले जित हासिल गरेको हो ।

राफेल भरानेले दुई गोल गरेसंगै रियल म्याड्रिडको जित भएको थियोे । उनले खेलको ५४औ र ८४औ मिनेटमा गोल गरेका थिए । त्यस्तै हुएस्काका लागि जाभी गलानले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २१ खेलमा ४३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा कायम रहेको छ । त्यस्तै लिगमा एटलेटिको म्याड्रिड १९ खेलमा ५० अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी हुएस्काको भने यो २२ खेलमा १६ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्