नुवाकोटमा हुने छहरे महोत्सवमा प्याराग्लाईडिङको मज्जा



लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठसहित उडान टिम

नुवाकोट,माघ २९ । जिल्लाको लिखु गाउँपालिका छहरेमा आउँदो फागुन १४ देखि २२ गतेसम्म हुन गइरहेको छहरे महोत्सवमा प्याराग्लाईडिङ्गको मज्जा लिन पाइने भएको छ ।

बिहीवार महोत्सव प्रचारप्रसारका लागि शिवपुरीको सुइँरे चौर पुगेर स्थानीय जनप्रतिनिधिहरुले महोत्सव समयका लागि यस्को संभाव्यता अध्ययन गरेका थिए । जनप्रतिनिधिहरुले शिवपुरि गाउपालिका वडा नम्बर ७ को सुइँरे चौरदेखि लिखु गाउँपालिकाको वडा ६ छहरेसम्म आन्तरिक तथा वाह्य पर्यटकलाई प्याराग्लाईडिङ्गको मज्जा दिलाउन सकिने निष्कर्ष निकालेका छन् ।

प्याराग्लाईडिङ्गमा लिखु गाउँपालिका नुवाकोटका अध्यक्ष धुर्व श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष हरिशरण लामिछाने,टोखा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपकराज जोशी, उमेश शर्मा लगायतको उपस्थिति रहेको महोत्सव संयोजक सानू केसीले जनाए ।

बिहीबार भएको प्याराग्लाईडिङ्गमा पाईलटहरु मोहन सुनुवार ,बिबि सिङ्तान( मिक्की) र गगनकुमार श्रेष्ठले सफल रुपमा उडान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्