लक्ष्मीपूजासँगै झिलिमिली बत्तीले सजियो काठमाडौं उपत्यका
काठमाडौं,कात्तिक २२ । यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ।
लक्ष्मीपूजाका अवसरमा घरघरमा बालिएका दियो, पाला तथा रंगीचंगी आधुनिक बिजुली बत्तीले उपत्यकाको दृश्य निकै मनमोहक बनेको छ। दीपावलीको उल्लासले सहरका बस्ती र घरहरू उज्यालोले झकिझकाउ भएका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीको उच्च भागबाट देखिएको दीपावलीको साँझको दृश्य आकर्षक र मनमोहक देखिएको छ।

