नेपाल शिक्षक संघ पञ्चकन्याको तेस्रो प्रतिनिधि सभा बनभोज सप्पन्न



नुवाकोट, फागुन १ । नेपाल शिक्षक संघ पञ्चकन्याको तेस्रो प्रतिनिधि सभा शिक्षक सम्मान तथा बनभोज सप्पन्न भएको छ। शनिबार एक समारोहका बीच पञ्चकन्याको टोर्के भञ्ज्याङ् मा उक्त कार्यक्रम सप्पन्न भएको हो।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नुवाकोट काङ्ग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, काङ्ग्रेस महासमिति सदस्य रमेशकुमार महत शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका पञ्चकन्या गाउँपालिकाका प्रतिनिधि,स्थानीय राजनीतिकर्मी,शिक्षक,पूर्व विद्यार्थी लगायतको उपस्थिति थियो।

कार्यक्रममा चर्चित लाइभ दोहोरीका जोडी सानू केसी र प्रतिमा आर्यालले साङ्गितिक मनोरञ्जन प्रदान गरेका थिए ।

तस्वीर श्रोत: भगवान पाण्डे

प्रतिक्रिया दिनुहोस्