नुवाकोट दुप्चेश्वरका दिपेश लामा काठमाडौमा मृत फेला



काठमाडौ,फागुन २ । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकाका दिपेश लामा काठमाडौमा मृत फेला परेका छन्। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ मुलपानी डेरा गरी बस्ने ३८ वर्षीय दिपेश आफ्नै कोठामा मृत फेला परेका हुन ।

नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ घर भएका उनी आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्