प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा



काठमाडौं,फागुन २ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले काठमार्डौंमा आइतबार पत्रकार सम्मेलन गरी चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

जस अनुसार फागुन ५ गतेदेखि १२ गतेसम्म प्रदेश कमिटीको आयोजनामा जिल्ला स्तरमा विरोध प्रदर्शन, सभा गर्ने भएको छ । ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा टुँडिखेल वरिपरी मानव साङ्लो विरोध कार्यक्रम, ७ गते वडा स्तरमा विरोध कार्यक्रम गर्ने भएको छ ।

त्यसैगरी ८ गेत काठमाडौंमा अन्तरक्रिया, ९ गते महिला हिंसा, बलात्कार विरुद्ध उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन, १० गते देशभर दलित महिलाको तर्फबाट प्रदर्शन, ११ गते विभिन्न समुदायको पहिचानसहितको संयुक्त पदर्शन, १२ गते चितवन, २१ गते दाङ, नेपालगन्ज, जनकपुुर लगायत सहरमा प्रदर्शन र सभा कार्यक्रम गर्ने भएको छ।

यस्सैगरी १४ गते काठमाडौंमा युवा र्याली, १५ गते काठमाडौंमै किसान र सुकुम्बासी मोर्चाको विरोध कार्यक्रम गरिने केन्द्रिय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्षले निरन्तर आन्दोलन गरेको छ । यस समूहले माघ २८ मा काठमाडौंमा र्बहत प्रदर्शनसमेत गरिसकेको छ । प्रतिनिधि सभा पुन स्थापना नभएसम्म विरोधका कार्यक्रम जारी रहेने केन्द्रिय संघर्ष समितिका संयोजक श्रेष्ठको भनाई छ ।

उता प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाको केपी शर्मा ओली समुहले भने बैशाख १२ र २७ गते दुई चरणको निर्वाचनको मिति घोषणा गरिसकेको छ । उक्त समुहले जसरी पनि निर्वाचन भएरै छाड्ने बताउँदै आएको छ । शनिबार मात्र निर्वाचनको तयारी स्वरुप उक्त समुहले बुटवलमा बृहत जनसभाको कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्