नुवाकोटको शिवपुरीमा तामाङ संग्रहालयको शिलान्यास



नुवाकोट,फागुन २ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित चापको बोट नजिकै तामाङ संग्रहालयको शिलान्यास भएको छ।

आइतबार एक समारोहका बीच नुवाकोट नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले संयुक्तरुपमा सो संग्रहालयको शिलान्यास गरेका हुन।

तामाङ जातिको जातीय, धार्मिक तथा ऐतिहासिक कला कौशल संरक्षणका लागि वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित ४० लाख बजेटमा संग्रहालय निर्माणले गति पाएको उपसभामुख सचिवालयले जनाएको छ।

शिलान्यास समारोहमा नुवाकोट नेकपाका नेता पदम उप्रेती,शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,नेकपा शिवपुरीका अध्यक्ष बीरबहादुर तामाङ,वडा नम्बर ७ का अध्यक्ष माधब भेटुवाल,नेकपा नेता जितेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियोे।

तस्वीर श्रोत: वाग्मती प्रदेश उपसभामुख सचिवालय

प्रतिक्रिया दिनुहोस्