गोठालो गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा पक्राउ



स्याङ्जा,फागुन ३ । एक बालिकालाई जबर्जजस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ ।

बाख्रा हेर्न गोठालो गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्