नुवाकोटको शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि



जिल्लाभरका फुटबल खेलाडीको भिडन्त

नुवाकोट, फागुन ४ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि हुने भएको छ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै जिल्लाका एघार वटै स्थानीय तहलाई १६ जना खेलाडी ब्यवस्थापक र प्रशिक्षकसहित १८ जनाको नाम पठाउन भनिएको छ। पत्रमा उल्लेख छ ‘ खेलाडी टिमको नामावली सम्बन्धित गाउँपालिकाको आधिकारिक पत्रमा लेखिएको हुनुपर्नेछ भने फागुन २९ सम्म शिवपुरी गाउँपालिकामा पेश भैसक्नुपर्नेछ।’

सो प्रतियोगितामा सामेल भइ प्रथम हुने समूहलाई प्रमाणपत्रसहित ६ लाख,दोस्रो हुनेलाई ४ लाख र तेस्रो हुने समूहलाई २ लाख प्रदान गरिने शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताए । साझापथसंग कुराकानी गर्दै अध्यक्ष थापाले भने-‘यसप्रकारको प्रतियोगिताले जिल्ला तहमा लुकेर रहेका खेलाडीको पहिचान गर्न सहज हुनेछ।’

प्रतियोगिता सम्बन्धि सूचना हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्