प्रधानमन्त्री ओलीले भने- ‘प्रचण्ड तपाईं फर्कनुहोस’



काठमाडौं, फागुन ८ । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सिद्दिसकेको प्रचण्डलाई आफूले दुई चार सिट जिताएर सिङ हालिदिएको र पछि आफूहरुलाई नै सिध्याउँछु भन्न थालेको टिप्पणी गरे । उनले प्रचण्डको नियती अब असफलताबाहेक केही नहुने जिकिर गरे । उनले भने,‘उहाँ अब फर्किने बाटोमा होईन, खिईने र सिद्दिने बाटोमा हिँड्नुभयो ।’प्रचण्ड अब तपाई फर्कनुहोस,उनले थपे।

शनिबार विराटनगरमा आयोजित पार्टीको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आफूहरुलाई समृद्धिको यात्रामा कसैले अवरोध गरे सह्य नहुने पनि टिप्पणी गरे ।

उनले सुरुमा दाहालसँग बैद्य रहेको, पछि डाक्टर रहेको र अहिले झाँक्री रहेको बताए । तर, प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्ने उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्