नागरिक समाजको आन्दोलन निष्पक्ष छैन : सिके राउत



भैरहवा,फागुन ९ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले सडकमा आएको नागरिक समाज कुनै दलसंग नजिक भएका कारण आन्दोलन निष्पक्ष नभएको बताएका छन्।

नेपालमा सबै ब्यवस्था आएपनि सरकार चलाउनै नसकिने गरि सरकार र प्रतिपक्ष सडकमा आएर समग्र राजनीतिबाट कस्तो अपेक्षा गर्ने भन्ने राउतले प्रश्न गरे । अर्को सरकार बनाएर हामी के गर्न सक्छौँ । राउतले प्रश्न गरे आम नागरिकले सोँच्नुपर्ने बेला आएको छ अब कुन ब्यवस्था नेपालको लागि आवश्यकता छ त भन्दै प्रश्न गरे । लुम्बिनी प्रेस क्लवले भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष राउतले भ्रष्टाचार अत्यन्तै बढेको तर ब्यस्था फेरीएपनि नेपालीको अवस्था पुरानै रहेको बताए । गुटहरु हावी भयो, पार्टीहरु हाबी भयो । आज आन्दोलन सबै पार्टी गत गुटगत भएका छन् । राउतले भने, सडकमा आएका नागरिक समाज भन्नेहरु पनि कुनै दल वा गुटबाट परिचालित छन् । मलाई अदालतको परिसर रौतहटबाट तारिख लिन जाँदा समात्दा कानुनको धज्जी उडेको होइन नागरिक समाज कहाँ थिए त्यो बेला हामीले भन्दा बढी कसले ब्योहोरेको छ र नागरिक समाज दल बिशेष हुनु भएन नागरिक समाज भएपछि कुनै पार्टी बिशेष हुनुभएन । नागरिक समाज ठ्याक्कै नागरिक बिशेष हुनुपर्यो ।

अब ब्यवस्थाको बिकल्प के हो त हामी सबै ब्यवस्था छोटो समयमा नै परिक्षण गरेका छौँ । दलिय राजनीतिलाई जति सुकै गाली गरेपनि त्यसको बिकल्प कुनै छैन । लोकतन्त्र र गणतन्त्र ठूलो त्यागबाट आएको केही नेताका प्रबृत्तिका कारण ब्यवस्थालाई नै खराब भन्न नमिल्ने राउतको तर्क छ । नेता जन्माउने भनेको निर्वाचनले क्रान्तीबाट आएपनि निर्वाचनबाट नै स्थापित गराउने हो । राउतले भने, पार्टीहरु मात्रै दोषि छन् भन्नु गलत हो जनताले नै नेता चयन गर्ने हो नि । चुनावै हारेको मान्छेपनि प्रधानमन्त्री बन्दीन्छन् ठ्याक्कै जनमतको बिपरित हो यो त ।

राजनीतिमा आएपछि कोही दीर्घकाल सम्म दुष्मन र मित्र नहुने बताउँदै जनमत पार्टीका अध्यक्ष सिके राउतले उपेन्द्र यादव केपी ओलीको सरकारमा मन्त्री हुन सक्ने अरु हुन पनि हुन सक्ने बताउँदै प्रधानमन्त्री केपी ओलीसंग सहकार्य भएमा आश्चार्य मान्न नहुने बताए । हाम्रो एजेन्डा मिल्ने जुन संगै शक्तिहरुसंग सहकार्य गर्नेकुरामा खुल्ला रहने राउतले बताए । निर्वाचन भएमा भाग लिने अहिलेको अवस्थामा सर्बोच्च अदालतको निर्णय पर्खिएको राउतले बताए ।

लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसीको अध्यक्षतामा भएको प्रेस क्लवको पत्रकार भेटघाट कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भुपेन्द्र यादव, जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खाँन, गैरआवासिय मधेसीसंघका अमेरीकाका अध्यक्ष इन्द्रजीत यादव, जनमत शिक्षा संघका केन्द्रीय सदस्य रामदेव यादव, रुपन्देही जिल्ला संयोजक रामकेश गुप्ता लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्