छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइँकुण्डसम्म यात्रा गर्न पाइने



नुवाकोट,फागुन ११ । यही फागुन १४ गतेदेखि २२ सम्म नुवाकोटको लिखु गाउँपालिका छहरेमा हुने लिखु–छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइँकुण्डसम्मको यात्रा गर्न पाइने भएको छ ।

प्रभु हेलिकप्पटरका राजेश डंगोलका अनुसार महोत्सवलाई मध्यनजर गर्दै प्रभु हेलिकप्टरले छहरेदेखि गोसाइकुण्ड तथा नुवाकोट दरवारको अवलोकन गराउने भएको हो। डंगोलले साझापथसंग कुरा गर्दै भने’यात्रुको उपस्थिति हेरेर उडान भर्ने तयारी गरेका छौं।’त्यसका निम्ति हेलिकप्टरले गोसाइकुण्ड अवलोकनको लागि प्रतिव्यक्ति १५ हजार र नुवाकोट दरबार परिक्रमाका लागि ५ हजार रुपैयाँ लिनेछ ।

विशेष गरि नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवृद्धन गर्नको लागि महोत्सवमा हेलिकप्टर ल्याउन लागेको उनले बताए । महोत्सवको उद्घाटन दिन हेलिकप्टरले पुष्प गुच्छा वर्षा गर्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्