मंगलबार सुनको मूल्यमा ११ सयले बृद्धि



काठमाडौं, फागुन ११ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा ११ सयले वृद्धि भएको हो । सोमबार सुनको मुल्यमा स्थिरता कायम भएको थियो ।

आज छापावाल सुनको मूल्य तोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलामा १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्