डा. बाबुराम भट्टराई अस्पताल भर्ना



काठमाडौं,फागुन ११ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएका हुन् ।

पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका उनको सो अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्